अष्ट्रेलियाविरुद्ध नेपाली टोलीमा ४ परिवर्तन, यस्तो छ नेपालको पहिलो ११

फुटबल

काठमाडौं । अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीको अन्तिम ११ सार्वजनिक भएको छ । प्रशिक्षक अब्दुल्ला अलमुताइरीले ९ः४५ बजे शुरु हुने खेलका लागि किरण चेम्जोङको कप्तानीमा ‘प्लेइङ इलेभेन’ घोषणा गरेका छन्।

बलियो टीमसँग पनि आक्रमक रणनीतिमा खेलाएका अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नवयुग श्रेष्ठलाई अग्रपंक्तिमा ल्याएका छन्। मिडफिल्डमा दुई सहित कुल ४ खेलाडी परिवर्तन गरेका हुन्।

विशाल राई र एरिक विष्ट मिडफिल्डमा ल्याइएकाे छ। यता, डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ सुरुवाति टोलीमा छन्।

नेपालले अष्ट्रेलियाविरुद्ध चार खेलाडी परिवर्तन गरेको छ । जोर्डनविरुद्ध सुरुवाती-११ मा रहेका रहेका अन्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् ।

नेपालको सुरुवाती-११

गोलकिपर- किरण चेम्जोङ ।
डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल ।
मिडफिल्डर – पुजन उपरकोटी, एरिक विष्ट, विशाल राई ।
फरवार्ड – नवयुग श्रेष्ठ , सुमन लामा, सुनिल बल ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *