नेपाल र अष्ट्रेलियाबिचको फुटबल खेल सुरु, यो जित कस्को ?

फुटबल

काठमाडौं : नेपाल र अष्ट्रेलियाबिचको फुटबल खेल कुवेतस्थित जावेर अल अहमेद इन्टरनेसनल स्टेडियममा बेलुकी पौने दश बजेबाट सुरु भएको छ । जोर्डनविरुद्ध खेलेको नेपाली टिमबाट आज ५ खेलाडी परिवर्तन गरिएको छ ।

जसमा एरिक बिष्ट, विशाल राई, गौतम श्रेष्ठ र नवयुग श्रेष्ठले सुरुवाती सेटमा स्थान बनाएका छन्। जोर्डनसँग खेलेको टिमबाट अन्जन बिष्ट, अभिशेक रिजाल, दीनेश राजबंशी र सन्तोष तामाङ बेन्चमा रहेका छन्।

फिफा वरीयताको ४१ औं स्थानमा रहेको अस्ट्रेलियाले यसअघिको खेलमा नेपालमाथि ५-० को सानदार जित निकालेको थियो। फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेको हो ।

नेपालको सुरुवाती-११

गोलकिपर- किरण चेम्जोङ ।
डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल ।
मिडफिल्डर – पुजन उपरकोटी, एरिक विष्ट, विशाल राई ।
फरवार्ड – नवयुग श्रेष्ठ , सुमन लामा, सुनिल बल ।

यो खेल लाईभ हेर्न यहाँ क्लिक गर्नुस ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0