पहिलो हाफमा अष्ट्रेलियाले दुई गोल हान्यो, रोहित चन्दले रातो कार्ड पाउदै मैदान बाहिर

फुटबल

काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा अहिले नेपालले अस्ट्रेलियासँग खेलिरहेको छ। खेलमा कुवेतस्थित जावेर अल अहमेद इन्टरनेसनल स्टेडियममा भईरहेको खेलको पहिलो हाफमा नेपाल २-० ले पछि परेको छ ।

नेपालले खेलको सुरुवातमै पहिलो गोल खाएको थियो । खेलको छैटौँ मिनेटमा अष्ट्रेलियाका कप्तान जर्सी नम्बर ७ का म्याथ्वे लिकेले हेड गोल गरी खेलमा अग्रता बनाए । त्यस्तै खेलको ३८ मिनेटमा अष्ट्रेलियाले अर्को गोल थप्यो । साथै खेलको ४५ औं मिनेटमा नेपालका खेलाडी रोहित चन्दले रातो कार्ड पाउदै मैदान बाहिरिएका छन् ।

नेपालले अष्ट्रेलियाविरुद्ध चार खेलाडी परिवर्तन गरेको छ । जोर्डनविरुद्ध सुरुवाती-११ मा रहेका रहेका अन्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् । नेपाल र अष्ट्रेलियाबीच अहिलेसम्म एक मात्र खेल भएको छ। सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो। क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो।

अष्ट्रेलियाको घरेलु मैदानमा नेपालले फराकिलो हार ब्यहोरेको थियो। क्यानबेरास्थित जीआइओ स्टेडियममा नेपाल घरेलु टिमसँग ५–० ले पराजित भएको थियो। उक्त खेलमा अष्ट्रेलियाका जेमी म्याक्लारेनले ह्याट्रिक गरेका थिए। यस्तै, ह्यारी साउट्टरले एक गोल गर्दा एक गोल आत्मघाती पाएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *