अष्ट्रेलियाबिरुद्ध नेपालको सम्मानजनक हार

फुटबल

काठमाडौं: विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपालले अष्ट्रेलयाबिरुद्ध शानदार खेल प्रस्तुत गरेको छ । दोस्रो हाफमा पुरै १० खेलाडीमा सिमित नेपाल मात्र ३-० को झिनो अन्तरले पराजित भएको छ ।

नेपालले खेलको सुरुवातमै पहिलो गोल खाएको थियो । खेलको छैटौँ मिनेटमा अष्ट्रेलियाका कप्तान जर्सी नम्बर ७ का म्याथ्वे लिकेले हेड गोल गरी खेलमा अग्रता बनाए । त्यस्तै खेलको ३८ मिनेटमा अष्ट्रेलियाले अर्को गोल थप्यो । साथै खेलको ४५ औं मिनेटमा नेपालका खेलाडी रोहित चन्दले रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए।

५७ मिनेटमा अस्ट्रेलियाका लागि बोयलले तेस्रो गोल गरे। दोस्रो हाफभर १० खेलाडीमा खेलेको नेपालका लागि कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले अस्ट्रेलियाका आधा दर्जन प्रहार विफल पारेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
3
+1
0
+1
3
+1
1
+1
6
+1
3