नेपालको प्रदर्शनबाट सन्तुष्ट अलमुताइरीले भने : ‘नेपाली खेलाडीले अन्तिमस्म लडाकु जसरी खेले’

फुटबल

काठमाडौं, जेठ २९ : फिफा विश्वकप तथा एसियन कपको छनोट अन्तर्गत अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खुशी रहेको प्रतिक्रिया दिएका छन् । हारका बावजुद नेपालका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ‘गोर्खालीले अन्तिमसम्म’ फाइट गरेको प्रतिकृया दिए।

‘हामीले सकेसम्म राम्रो प्रदर्शन गर्‍यौ र काउन्टरमा खेल्ने कोशिस गर्‍यौ। हामीले रक्षात्मक खेलेनौ र उनीहरूले आफ्नो शारीरिक फाइदा लिए,’प्रमुख प्रशिक्षक अलमुताइरीले खेलपछि भने। ‘म खेलाडीहरुको प्रदर्शनसँग खुशी छु,’ उनले भने, ‘गोर्खाली यो हाम्रो उपनाम हो नेपालीको। गोर्खाली हो त्यसैले खेलाडीले गोर्खाली जसरी खेले।’

अल्मुताइरीले खेल पश्चात सामाजिक सञ्जालको माध्यमबाट एन्फा लगायत सम्पूर्ण नेपाली फुटबल समर्थकलाई धन्यवाद व्यक्त गरे। उनले आफ्नो फेसबुक स्ट्याटस मार्फत आफू एक नेपाली लडाकु हुन पाएकोमा गर्व महसुस गरिरहेको समेत बताए। खेलको अन्तिम मिनेटसम्म पनि नेपाली खेलाडीले उत्तिकै आत्मविश्वासका साथ खेलेको देख्दा नेपाली युवा टोलीले भविष्यमा धेरै राम्रो गर्न सक्ने सङ्केत मिलेको उनको भनाइ छ ।

कुवेतको जाबेर अल अहमद इन्टरनेशनल स्टेडियमा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको थियो ।खेलमा अष्ट्रेलियालाई विजयी गराउन म्याथ्यु लेच्की, फ्र्याङ्क काराकीक र मार्टिन बोयलले एक एक गोल गरे । नेपालका रोहित चन्दले ४५ औं मिनेटमा रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो । यो हारसँगै नेपालले विश्वकप तथा एसियन कप छनौट चरणको समुह ‘बि’ मा चौथो स्थानमा रहँदै खेल सकाएको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *