युरोकपमा इटलीको शानदार सुरुवात, टर्की ३–० ले पराजित

फुटबल युरो कप

काठमाडौं, जेठ २९ : उपाधि दाबेदार इटालीले युरोकप फुटबलमा शानदार सुरुआत गरेको छ । रोमस्थित ओलम्पिक रंगशालामा शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्‍यो। इटालीलाई जित दिलाउन सिरो इम्मोबिले र लोरेन्जो इन्सिग्नेले १/१ तथा टर्कीका डिफेन्डर मेरी डेमिरलले एक आत्मघाती गोल गरे ।

घरेलु मैदानमा बलमा पकड जमाएपनि इटालीले पहिलो हाफमा गोल गर्न सकेन। टर्कीले पनि केहि अवसरलाई गुमाएको थियो। खेलको ५२औं मिनेटमा इटालीका डोमेनिको बेराडीले प्रहार गरेको बलमा डेमिरलले आत्मघाती गोल गरेका थिए ।

६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे। लिओनार्डो स्पिनाज्जोलाको प्रहार टर्कीका गोलरक्षक उगुर्चान चुकारले बचाएपनि रिबाउन्डलाई इमोबिलले गोल गरे। त्यसको १३ मिनेट नबित्दै इन्सिग्नेले इटालीका लागि गोल गर्दै ३-० को जित सुनिश्चित गरे ।

युरोकप फुटबलमा आज तिन खेल हुनेछन् । समूह ‘ए’ को खेलमा वेल्सले स्विट्जरल्याण्डसँग खेल्दा समुह ‘बि’ का खेलहरुमा बेल्जियम र रुस तथा डेनमार्क र फिनल्याण्ड भिड्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *