यी हुन युरोकपमा आज हुने ३ खेल, कति बजे ? कसरी हर्ने लाईभ ?

फुटबल युरो कप

काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगितामा आज शनिबार विभिन्न तीन खेलहरु हुँदैछन् । बलियो राष्ट्रहरुबिच हुने यी तिनै खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

समूह ए क वेल्स र स्वीट्जरल्याण्डबीचको खेल अजरवैजानको बाकु ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । विश्व वरीयतामा स्विजरल्याण्ड१३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ ।

विश्व नम्बर एक बेल्जियम र रसियाबीचको खेल राती १२:४५ बजे सेन्ट पिटर्सवर्गमा सुरु हुनेछ । विश्व वरीयताको शीर्ष स्थानमा रहेको  बेल्जियम र ३८ औं स्थानको रुसबीचको खेल रोमाञ्चक हुने अनुमान छ । रुस भने घरेलु मैदानमा बेल्जियमलाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।

यस्तै डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९:४५ बजे डेनमार्कको घरेलु मैदान कोपनहेगमा हुनेछ।  अघिल्लो संस्करणमा छनोट हुन नसकेको डेनमार्क यस पटक राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ । डेनमार्क सन् १९९२ को च्याम्पियन हो भने फिनल्याण्डले पहिलो पटक युरोकप खेल्दैछ ।

यसपटकदेखि युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । हरेक समूहका शीर्ष दुई टोली र तेस्रो हुनेमध्येको उत्कृष्ट तीन टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।

कसरी हेर्ने लाईभ ?

युरो कपका सम्पुर्ण खेलहरु नेपालमा डिस होमको याक्सन स्पोट्स एचडीमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने छ । साथै साउथ एसियामा सोनी नेटवर्क अन्तर्गतका बिभिन्न च्यानल मार्फत पनि लाईभ हेर्न पाईने छ ।

शनिबार १२ जुन

२. समूह ‘ए’ – वेल्सविरुद्ध स्विट्जरल्यान्ड्स (साँझ ६ः४५ बजे/बाकु)
३. समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९ः४५ बजे/कोपेनहेगन)
४. समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया (राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
3
+1
1
+1
0
+1
0