लियोनल मेस्सी बार्सिलोनामै रहने !

फुटबल

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सी बार्सिलोनामै बस्ने भएका छन् । स्पेनिस पत्रिका एएसको अनुसार ३३ वर्षीयले मेस्सीले बार्सिलोनासँग थप दुई वर्षको करार सम्झौता गर्न लागेका हुन् ।

गत सिजन क्याम्प नाउ छाड्ने मनसायमा पुगेका मेस्सी र क्लबबीच सम्बन्ध पछिल्लो समय सुधारिएको कारण उनी बार्सिलोनामा नै रहन चाहेको बताइएको छ । आफू निकटस्थ सर्जियो अगुएरोको क्लबमा आगमनले पनि मेस्सीलाई क्लबमा राख्न सहयोग पुगेको आँकलन गरिएको छ ।

क्लबका पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग मेस्सीको सम्बन्ध चिसिएको थियो तर नयाँ अध्यक्ष जोआन लापोर्टासँग भने मेस्सीको सम्बन्ध राम्रो रहेको बताइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged