किफर मुरेको गोलमा स्वीटजरल्यान्डविरुद्ध हारबाट जोगियो वेल्स

फुटबल युरो कप

काठमाडौं। जारी युरो कप २०२० अन्तर्गत दोस्रो खेलमा निर्धारित ९० मिनेटको खेलसकिन १६ मिनेट बाँकी रहँदा किफर मुरेले गरेको गोलसँगै स्वीटजरल्यान्डविरुद्ध वेल्स हारबाट जोगिएको छ। अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न समूह ‘ए’को खेलमा वेल्स र स्वीजरल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा स्विट्जरल्यान्डले ४९औं मिनेटमा शकिरीले कर्नरमार्फत गरेको क्रसमा ब्रिल इम्बोलोले हेडरमार्फत् गोल गर्दै स्वीजरल्याण्डले अग्रता लिएको थियो। तर खेलको ७४औं मिनेटमा वेल्सका स्ट्राइकर किफर मुरले गोल गर्दै खेल बराबरीमा पुर्‍याए। जो मोरेलको क्रसमा मुरले हेडर गोल गर्दा वेल्स खेलमा फर्किएको थियो।

खेलको अन्त्यतिर सब्सिटीच्युट ग्राभानोविचले स्वीस टोलीका लागि गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त गोललाई रद्द गरेको थियो । बराबरीपछि समूह ‘ए’मा स्विट्जरल्यान्ड र वेल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। उद्घाटन खेलमा टकीलाई हराएको इटाली शीर्ष स्थानमा छ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0