युरोकप फुटबल : आज मध्यरातमा बिश्व नम्बर १ बेल्जियम र रुसको भिडन्त, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं । युरो कप फुटबलअन्तर्गत आज राति फिफा वरियतामा विश्वको पहिलो नम्बरमा रहेको बेल्जियमले रुसको सामना गर्दैछ । खेल नेपाली समय अनुसार रातिक्रेस्टोभस्काई स्टेडियममा १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

गोल्डेन जेनेरेसनको बलमा अगाडि बढिरहेको बेल्जियम गत संस्करणका क्वाटरफाइनलसम्म पुगेको थियो। बेल्जियम रुसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । यता रुस समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणका लागि प्रवेश गर्नेमा अपेक्षा राख्दछ ।

यी दुई टोलीको पाँच भेटमा बेल्जियम चार खेलमा विजयी हुदा एक खेल बराबीमा सकिएको छ । रसियाले २०१७ मा भएको मैत्रीपुर्ण खेलमा बेल्जियमलाई ३–३ गोलको बराबरीमा रोकेको थियो ।

पछिल्ला ६ खेलमध्ये बेल्जियम कुनैमा पनि पराजित भएको छैन । उसले ४ खेलमा जित हासिल गरेको छ भने २ खेल बराबरी खेलेको छ । यो खेलमात्र नभएर युरो २०२० नै जित्नसक्ने टोलीका रुपमा बेल्जियमलाई लिइएको छ । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् । जुलाई १२ गतेसम्म हुने खेल ११ सहरमा सञ्चालन हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0