एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीच खेल स्थगित, खेलाडीहरुमा रूवाबासी

फुटबल युरो कप

काठमाडौं, जेठ २९ : युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल स्थगित भएको छ । खेलको ४३ औं मिनेटमा डेनमार्कका खेलाडी क्रिस्टियन इरिक्सन मैदानमा ढलेपछि खेल स्थगित गरिएको हो।

बललाई हेड गर्न खोज्दा मैदानमै बेहोस भएर ढलेका २९ वर्षीय एरिक्सनको तत्कालै मेडिकल टिम पुगेर उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर लगिएको थियो ।

आफ्ना कप्तान मैदानमै ढलेपछि डेनमार्कका खेलाडीहरुमा रूवाबासी चलेको थियो । उनलाई हृदयघात भएको अनुमान गरिएको छ । यूईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित गरिएको जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
6
+1
4

Leave a Reply

Your email address will not be published. Required fields are marked *