हृदयघात भएर कप्तान नै बेहोस भएको खेलमा डेनमार्क पराजित

फुटबल युरो कप

एजेन्सी । डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको हो ।

डेनमार्कमा भएको खेलमा पाहुना टोली फिनल्याण्डलाई विजयी गराउन जोएल पोयानपालोले ६० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । डेमनकार्काले ७४ मिनेटमा पाएको पेनाल्टी मिस गर्‍यो। डेनमार्कका इमिल होएबिएरको प्रहार लुकास ह्राडेच्कीले विफल पारेका थिए।

डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा बेहोस भएर लडेपछि झण्डै डेढ घण्टा खेल रोकिएको थियो । पहिलो हाफ सकिन दुई मिनेट बाँकी छदा मैदानमा ढलेका उनको थप उपचारका लागि अस्पताल लगिएको थियो। झन्डै १५ मिनेटपछि होस आए पनि खेल अवरुद्ध भएका थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
5
+1
4
+1
25
+1
5

Leave a Reply

Your email address will not be published. Required fields are marked *