लुकाकु चम्किएपछि बिश्व नम्बर १ बेल्जियजको शानदार सुरुवात

फुटबल युरो कप

काठमाण्डाै – युरोकप फुटबलमा बिश्व नम्बर १ बेल्जियमले रुसमाथि सानदार जित निकालेको छ । समुह बि अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गरेको हो । बेल्जीयमको जितमा रोमेलु लुकाकुले दुई तथा थोमस मुनिएरले एक गोल गरे ।

खेलको दशौं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा मुनिएरले गोल गर्दै अग्रता दोब्बर बनाए । थोर्गन हाजार्डको प्रहारलाई गोलरक्षक एन्टोन शुनिनले बचाएपनि रिबाउन्डलाई अनामार्क रहेका मुनिएरले गोल गरेका थिए । त्यसैगरी खेलको ८८ औं मिनेटमा लुकाकुले फेरि गोल गरे । यस जितसँगै बेल्जियमले युरोको पहिलो खेलबाट ३ अंक जोडेको छ ।

युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । आज साँझ पौने ७ बजे इंग्ल्याण्ड र क्रोएसिया भिड्दा राती पौने १० बजे अष्ट्रिया र उत्तरी मेसेडोनिया तथा पौने १ बजे नेदरल्याण्ड्स र युक्रेन भिड्नेछन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0