जब लुकाकुले गोलगरेपछि मैदानमा ढलेका सहकर्मी सम्झदै भने : ‘क्रिस स्टे स्ट्रङ, आई लभ यू’

फुटबल युरो कप

एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसमाथि ३–० गोल अन्तरको सानदार जित निकालेको छ । बेल्जीयमको जितमा रोमेलु लुकाकुले दुई तथा थोमस मुनिएरले एक गोल गरे ।

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३४ औं मिनेटमा मुनिएरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसैगरी खेलको ८८ औं मिनेटमा लुकाकुले फेरि गोल गरे ।

लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे । उनले गोल गरेपछि क्यामरातर्फ हेर्दै ‘क्रिस स्टे स्ट्रङ, आई लभ यू,’ भनेका थिए । लुकाकु र एरिक्सन दुवै इन्टर मिलानबाट क्लब फुटबल खेल्छन् ।

फिनल्याण्ड विरुद्धको खेल दौरान एरिक्सन अचेत भएर ढलेका थिए । खेलपछि लुकाकुले एरिसक्सनको समाचारले धेरैबेर रोएको बताए । आफुले परिवार भन्दा बढी समय एरिक्सनसँग विताएको उनको भनाइ थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1