मैदानमा ढलेका क्रिष्टियन एरिक्सनको होस् खुल्यो, बोल्न समेत थाले

फुटबल युरो कप

काठमाडौँ : युरोकप फुटबलका क्रममा मैदानमा नै बेहोस भएर ढलेका डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनको होस खुलेको छ । अहिले उनी खतरामुक्त भएको अन्तर्राष्ट्रिय संचरमाध्यम र डेनिस फुटबल संघले जानकारी दिएका छन् । डेनिस फुटवल संघले एरिक्सनसँग सम्पर्कमा रहेको र उनीसँग कुरा पनि भएको बताएको छ ।

खेलको ४० औं मिनेटमा हृदयघात भएर एरिक्सन मैदानमा ढलेपछि उपचारका लागि तत्कालै चिकित्सकसहितको टिम पुगेको थियो। उनलाई तत्कालै चिकित्सकहरुले मैदानमै बचाउने प्रयास थालेका थिए।

मैदानमा डेनमार्कका खेलाडीले एरिक्सनलाई घेरेका थिए । कोपेनहेगनमा भएको खेलमा एरिक्सन घाइते भएपछि रंगशालमा सन्नाटा छाएको थियो । टेलिभिजनबाट खेल हेरिरहेका विश्वभरका करोडौं दर्शक पनि स्तब्ध बने । त्यसपछि उनलाई मैदानबाटै अक्सिजनसहित अस्पताल लगिएको थियो ।

अस्पतालमा करिब एक घण्टापछि उनलाई होस आएको खबर सार्वजनिक भएपछि मात्रै खेल पुन सुचारु भएको थियो । एरिक्सनलाई हृदयाघात भएको अनुमान चिकित्सकहरुले गरेका छन्। एरिक्सन ढल्दासम्म खेल गोलरहित बराबरी थियो।

डेनिस फुटबल एसोसिएशनका अनुसार हाल एरिक्सन होस् मै छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । अझै केही परीक्षण बाँकी रहेको एसोसिएशनले जनाएको छ । विश्वभरका सबै खेलप्रेमीले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
2
+1
2
+1
2
Tagged