स्टम्प उखलेर फाल्ने शाकिबलाई तिन खेलको प्रतिबन्ध, ७ लाख रुपियाँ जरिवाना

क्रिकेट

बंगलादेशमा जारि ढाका प्रिमियर लिगमा खेल भावना विपरित रिसले चुर हुँदै खुट्टाले स्टम्प हान्ने शाकिब अल हसनलाई बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले ३ खेलका लागि प्रतिबन्ध र ५ लाख टाका ( करिब ७ लाख नेपाली रुपियाँ ) जरिवाना गरेको छ । शाकिबले पनि आफ्नो गल्ती स्विकार गर्दै प्रतिबन्ध पनी स्वीकार गरेका छन् ।

अम्हानी लिमिटेडविरुद्ध मोहम्मदान स्पोर्टिङबाट खेलेका शाकिबले गरेको बल स्ट्राइकमा आएका मुशफिकुर रहीमको खुट्टामा लाग्यो । शाकिबले एलबिडब्लूको अपिल गर्दछन् । तर अम्पायरले आउट दिँदैनन् । त्यस पछी शाकिबले रिसमा होस् गुमाएका थिए। अम्यायारले आउट नदिएपछि उनले स्टम्प खुट्टाले हान्दै उखेलेर फालेका थिए ।

समाजिक सञ्जालमा शाकिब अल हसनको उक्त हर्कतको चौतर्फी आलोचना भईरहेको छ । हसनलाई प्रतियोगिताबाट मात्रै नभई अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत प्रतिबन्ध गर्नुपर्ने माग गरिएको छ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1