कोपा अमेरिका संकटमा ! आज उद्घाटन खेल खेल्ने भेनेजुएलाका खेलाडीसहित १२ जनालाई कोरोना

फुटबल

काठमाडौं, जेठ ३० : कोपा अमेरिका खेल्न ब्राजिल पुगेको भेनेजुएला टिमका १२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। उद्घाटन खेल अघि गरिएको परिक्षणमा खेलाडी र स्टाफ गरि १२ जनामा कोरोना देखिएको हो ।

कोपा अमेरिकाको उद्‌घाटन खेलमा आज राति मध्यराति २:४५ बजे आयोजक ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुँदैछ। भेनेजुएलाको टोलीमा कोरोना सक्रमण देखिएपछि यो खेल अन्योलमा परेको छ ।

कोरोना पुष्टि भएपछि उनीहरु होटलमै आइसोलेसनमा बसेको बताइएको छ । ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्वइरोगाले कोरोना लागेका सबै खेलाडी आइसोलेसनमा बसेकाले तोकिएको समयमा खेल हुने बताएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0