यी हुन युरोकपमा आज हुने ३ खेल, कति बजे ? कसरी हर्ने लाईभ ?

फुटबल युरो कप

काठमाडौं, जेठ ३० : युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेका इंग्ल्यान्ड र क्रोएसियाबीच आज साँझ पौने ७ बजे वेम्बली स्टेडियममा प्रतिस्पर्धा हुनेछ। उपाधिका दाबेदार मानिएका दुबै टिमकाे खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

त्यस्तै आज हुने दोस्रो खेलमा समूह सीमा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे रोमानियाँ स्थित नेशनल एरेना स्टेडियममा सुरु हुनेछ ।

यस्तै, आजको अन्तिम खेलमा समूह ‘सी’को नेदरल्यान्ड्स र युक्रेन खेल्नेछन् । नेदरल्यान्ड्सको घरेलु मैदानमा हुने खेल मध्यराती राति १२:४५ बजेपछि सुरु हुनेछ ।

कसरी हेर्ने लाईभ ?

युरो कपका सम्पुर्ण खेलहरु नेपालमा डिस होमको याक्सन स्पोट्स एचडीमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने छ । साथै साउथ एसियामा सोनी नेटवर्क अन्तर्गतका बिभिन्न च्यानल मार्फत पनि लाईभ हेर्न पाईने छ ।

आजका तिन खेल

५. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६:४५ बजे/लन्डन)
६. समूह ‘सी’ – अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९:४५ बजे/बुकारेस्ट)
७. समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२:४५ बजे/आम्स्टरडम)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
4
+1
0
+1
1
+1
1