बारबोरा क्रेजसिकोभाले जितिन् महिलातर्फको फ्रेन्च ओपन

टेनिस

काठमाडौं । जारी फ्रेन्च ओपन २०२१ को महिलातर्फको उपाधी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई ६-१, २-६, ६-४ को सेटमा पराजित गर्दै आफ्नो पहिलो ग्राण्डस्लाम उपाधी जितेकी हुन् ।

फिलिप च्याटरियर कोर्टमा भएको फाइनल खेलमा क्रेजसिकोभा फ्रेन्च ओपन जित्ने पहिलो चेक गणतन्त्रकी महिला खेलाडी समेत बन्न पुगेकी छन् । पुरुषतर्फको फाइनल खेल भने आज खेलिंदैछ । १८ पटकको ग्राण्डस्लाम विजेता जोकोभिचले ग्रिसका स्टेफानोस सिसिपासको सामना गर्दैछन् ।

आज खेलिने फाइनल खेलमा विश्व नम्बर पाँचका सिसिपासले विश्व नम्बर एकका जोकोभिचसँग आफ्नो पहिलो ग्राण्डस्लाम उपाधीका लागि फिलिप च्याटरियर कोर्टमा प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता नाडाल भने सेमिफाइनलमा जोकोभिचसँग पराजित भइसकेका छन् ।-

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0