युरोकप फुटबल : आजको दोश्रो खेलमा ९ः४५ बजे अष्ट्रिया र नर्थ म्यासेडोनिया भिड्दै, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत आजको दोश्रो खेलमा समूह ‘सी’मा रहेका अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच नेपाली समयानुसार राति ९ः४५ बजे रोमानियाँ स्थित नेशनल एरेना स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

दुई टोली बीच युरो २०२०को छनोट चरणमा दुई पटक भेट भएकोमा दुवै पटक अष्ट्रिया विजयी भएको थियो। मार्चमा विश्वकपको युरोपेली छनोटमा जर्मनीविरुद्ध जित हात पारेको नर्दन मेसेडोनिया अस्ट्रियाविरुद्ध आइतबार मैदान उत्रँदा सोही लय कायम गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ।

अस्ट्रियाको यो तेस्रो युरो कप सहभागिता हो तर टोलीले अहिलेसम्म आशातीत प्रदर्शन भने गर्न सकेको छैन। सन् १९५४को विश्वकपमा तेस्रो स्थान हासिल गरेको अष्ट्रिया विश्वकप र युरोको पछिल्लो १५ खेलमा १ खेलमा मात्र विजयी भएको छ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *