युरोकप फुटबल : आजको तेश्रो खेलमा १२:४५ बजे नेदरल्यान्ड्स र युक्रेन भिड्दै, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत आजको तेश्रो खेलमा समूह ‘सी’को नेदरल्यान्ड्स र युक्रेनबीच आज मध्यराती राति १२:४५ बजे प्रतिस्पर्धा हुँदैछ । खेल नेदरल्याण्ड्सको घरेलु मैदान योहान क्रफ एरेनामा हुनेछ ।

२०१६ मा फ्रान्समा भएको युरोकपमा छनोट हुन नसकेको नेदरल्याण्ड्सको टोली ७ वर्षपछि यस पटक घरेलु मैदानबाट सुदख सुरुवात गर्न चाहन्छ । ठुलो प्रतियोगिताहरूमा यी दुई टोली पहिलो पटक एक आपसमा भिड्दै छन्।

दुई टोली बीच खेलिएको दुई मैत्रीपूर्ण खेलहरूमा नेदरल्याण्ड अपराजित रहेको छ। सन् २००८को खेलमा ३-०ले जितेको थियो भने सन् २०१०को खेलमा १-१ को बराबरी भएको थियो।

छनोट चरणमा युक्रेनले साबिकको विजेता पोर्चुगल सम्मिलित समूहको शीर्ष स्थानमा बस्दै युरो कप २०२० को टिकट काटेको थियो। युक्रेनका प्रशिक्षक आन्द्रे सेभचेन्को भने आफूहरूको लक्ष्य समूहचरणबाट माथि उठ्ने भएका बताए।

नेदरल्यान्ड्स प्रतियोगिताको दाबेदार टोली भए पनि आफुहरू उत्कृष्ट लयमा रहेको र त्यो लयले आइतबारको खेलमा पनि निरन्तरता पाउने बताए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *