स्टर्लिङको गोलमा इङ्ल्यान्डको संघर्षपूर्ण जित, क्रोएसिया १-० गोलले पराजित

फुटबल युरो कप

काठमाडौं, जेठ ३० : युरोकप फुटबल २०२० अन्तर्गत आज सम्पन्न पहिलो खेलमा इङ्ल्यान्डले क्रोएसियामाथि संघर्षपूर्ण जित निकालेको छ। वेम्बली स्टेडियममा आइतबार साँझ भएको समूह ‘डी’ को खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १-० गोलले पराजित गर्‍यो।

पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्यान्डका लागि स्ट्रलिङले खेलको ५७ औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका हुन् । फिलिप्सले उपलब्ध गराएको पासमा स्टर्लिङले बललाई जाली चुमाए।

आज हुने दोस्रो खेलमा समूह सीमा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे रोमानियाँ स्थित नेशनल एरेना स्टेडियममा सुरु हुनेछ ।

यस्तै, आजको अन्तिम खेलमा समूह ‘सी’को नेदरल्यान्ड्स र युक्रेन खेल्नेछन् । नेदरल्यान्ड्सको घरेलु मैदानमा हुने खेल मध्यराती राति १२:४५ बजेपछि सुरु हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0