नेइमारको गोलमा ब्राजिलको बिजयी सुरुवात, भेनेजुएला ३-० ले पराजित

फुटबल

काठमाडौं, जेठ ३१ : आयोजक ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगितामा सानदार सुरूवात गरेको छ। गएराति भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम ब्राजिलले भेनेजुएलामाथि ३–० को जित निकाल्यो ।

स्टाडियो नेसनल डी ब्रासिलियामा भएको खेलमा २३औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका हुन्। उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्डबाट हुलमुलमा गोल गरेका थिए। भेनेजुएलाले क्लियर गर्न नसकेको कर्नरलाई उनले सदुपयोग गरेका हुन् ।

खेलको ६४ मिनेटमा ब्राजिलले नेइमारले पेनाल्टीमार्फत गरेको गोलबाट अग्रता दोब्बर पार्‍यो। डानिलोलाई भेनेजुएलाका लुइस मार्टिनेजले पेनाल्टी बक्समा लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो। ब्राजिलका लागि नेयमारको यो ६७ औं गोल हो । पेलेको कीर्तिमानभन्दा नेयमार १० गोलले पछि छन् ।

खेलको ८९ औं मिनेटमा गार्बियलले गोल गर्दै ब्राजिललाई ३–० को जित दिलाए । नेइमारले उपलब्ध गराएको पासमा उनले क्लोज रेन्जबाट गोल गरेका थिए। जितसँगै समूह ‘बी’मा रहेका ब्राजिलले ३ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा छ । भेनेजुएलाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0