रोमाञ्चक खेलमा युक्रेनमाथि नेदरल्याण्ड्सको जित

फुटबल युरो कप

काठमाडौं, जेठ ३१ : युरो कप अन्तर्गत गएराति सम्पन्न समूह सी को खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई हराएको छ। सोमबार विहान सम्पन्न खेलमा नेदरल्यान्ड्सले युक्रेनमाथि ३-२ गोलको जित हात पारेको हो।

नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक/एक गोल गरे। युक्रेनका लागि एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक/एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५२ औं मिनेटमा जर्जिनिओ विजनाल्डमको गोलमा नेदरल्याण्ड्सले अग्रता बनाएको थियो। वोट वेघर्स्टलेले ५९ मिनेटमा घरेलु टिमको अग्रता दोब्बर पारेका थिए।

त्यसपछि युक्रेनले दुई गोल गर्दे खेललाई बराबरीमा ल्यायो। ७५ मिनेटमा यारमेलेन्कोले पहिलो गोल गर्दा ७९ मिनेटमा येरेमचुकले दोस्रो गोल गरेका थिए। खेल सकिन ५ मिनेट बाँकी रहँदा नेदरल्यान्ड्सले पुन: अग्रता लियो। डेन्जेल डमफ्रिजले हेडरमार्फत् गोल गर्दै टोलीलाई जित दिलाए। उनले नाथन आकेको पासमा गोल गरेका थिए।

जितसँगै नेदरल्यान्ड्सले समूह ‘सी’ मा ३ अंक जोडेको छ। यसअघि यो समूहको खेलमा अस्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ गोलले पराजित गरेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *