विश्वकप छनोटको खेल खेलेर स्वदेश फर्कियो नेपाली टिम, प्रशिक्षक र रोहित चन्द आएनन् ( फोटो फिचर )

फुटबल फोटो

काठमाडाैं : सन् २०२२ को फिफा विश्वकप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश आइपुगेको छन्। २३ खेलाडीसहित ३६ सदस्यीय नेपाली टिम आइतबार राति ८:४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिएको हो ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कतार फर्किएका छन्। उनी एक साताको बसाईपछि मात्रै नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ। यस्तै, डिफेन्डर रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन्। उनी शीर्ष डिभिजन क्लब पर्सिजा जकार्ताबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्।

विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाल जोर्डनसँग ३-० र अस्ट्रेलियासँग पनि समान ३-० ले पराजित भएको थियो। अब तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ। सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
3
+1
1
+1
0
+1
0
+1
1
+1
3

Leave a Reply

Your email address will not be published. Required fields are marked *