नोभाक जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि

टेनिस

काठमाडौं : सर्बियाका विश्व नं. १ खेलाडी नोभाक जोकोभिचले यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार राती भएको पुरुष एकलको फाइनलमा जोकोभिचले ग्रिसका स्टेफानोस सिसिपासलाई पाँच सेट खेलेर हराउँदै करियरमा दोस्रोपटक फ्रेन्च ओपन जितेका हुन्।

उपाधि जित्ने क्रममा विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६–७(६–८), २–६, ६–३,६–२ र ६–४ को सेटमा पराजित गरे। पाँचौं वरीयताका सित्सीपास विरुद्धको खेलमा सुरुका दुई सेट गुमाएका जोकोभिचले यसपछि लगातार तिन सेट जित्दै उपाधि हात पारे ।

यो जोकोभिचको १९ औं ग्रान्डस्लाम उपाधि हो । अब उनी राफेल नाडाल र रोजर फेडररको नजिक पनि पुगेका छन् । समकालीन टेनिस खेलाडीहरुमा नाडाल र फेडररले २०–२० ग्रान्डस्लाम जितिसकेका छन् ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *