यी हुन युरोकपमा आज (सोमबार) हुने ३ खेल, कति बजे ? कसरी हर्ने लाईभ ?

फुटबल युरो कप

काठमाडौं : युरोकप फुटबलमा आज (सोमबार) पनि तीन खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘डी’ का चेक रिपब्लिक र स्कटल्याण्ड भिड्नेछन्। स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा खेल साँझ पौने ७ बजे सुरु हुनेछ। घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न स्कटल्याण्डलाई सहज भने हुने छैन ।

आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । आज हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो । स्पेनले तीन पटक उपाधि जितिसकेको छ ।

कसरी हेर्ने लाईभ ?

युरो कपका सम्पुर्ण खेलहरु नेपालमा डिस होमको याक्सन स्पोट्स एचडीमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने छ । साथै साउथ एसियामा सोनी नेटवर्क अन्तर्गतका बिभिन्न च्यानल मार्फत पनि लाईभ हेर्न पाईने छ ।

युरोकपमा आज तीन खेल

८. समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६:४५ बजे/ग्लास्गो)
९. समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)
१०. समूह ‘ई’ – स्पेनविरुद्ध स्वीडेन (राति १२:४५ बजे/सेभिया)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0