नेपाली क्रिकेट टिमले लगाउनु नयाँ जर्सीको डिजाइन गर्नुस, एक लाख नगद जित्नुस

क्रिकेट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान ) ले राष्ट्रिय क्रिकेट टिमले प्रयोग गर्ने जर्सीको नयाँ डिजाइन खुल्ला प्रतिस्पर्धा मार्फत छनोट गर्ने निर्णय गरेको छ। क्यानले सोमबार जारी गरेको प्रेस बिज्ञप्तीका अनुसार इच्छुक डिजाइनकर्ताले एसीसी र आइसिसीको जर्सी प्रोटोकललाई ध्यानमा राख्दै नेपाली राष्ट्रिय झन्डा सँग मिल्ने रङ्ग संयोजनमा नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी डिजाइन गर्नुपर्नेछ ।

त्यस्तै नेपालको खेल परम्परालाई झल्काउने, नेपाली क्रिकेटको लिगेसीलाई प्रतिबिम्बित गर्ने किसिमको जर्सी डिजाइन गर्नुपर्ने क्यानले बताएको छ । जर्सी डिजाइनको छनोटको अन्तिम निर्णय नेपाल क्रिकेट संघले गर्नेछ । खुल्ला प्रतिस्पर्धा मार्फत छनोट हुने उत्कृष्ट जर्सीको डिजाइनर लाई नगद रु एक लाख पुरस्कार प्रदान गरिने छ ।

डिजाईनरले नयाँ जर्सीको डिजाईन २०७८ असार ४ गते भित्र media@cricketnepal.org.np मा पठाउनु पर्ने पनि क्यानले बताएको छ । त्यस्तै नेपाल क्रिकेट संघको नाममा अन्यत्र जर्सी डिजाइन सम्बन्धी आएको सूचनाहरू आधिकारिक नभएको जानकारी पनि क्यानले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0