युरोकपमा आज १२:४५ बजे स्पेन र स्विडेन भिड्ने, एक अर्कोलाई हराउँने दुबै टिमको दाबी

फुटबल युरो कप

काठमाडौं : युरोकप फुटबलमा आज (सोमबार) पनि तीन खेल हुनेछन् । आज हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलिबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

स्पेन र स्विडेनबीच पछिल्लो पटक भएको दुई भिडन्तमध्ये एकमा स्पेनले बाजी मारेको थियो भने अर्को खेल बराबरीमा सकिएको थियो। स्पेनले युरो कप २०२० का लागि नियमित कप्तान सर्जियो रामोसलाई विश्राम दिँदै युवा खेलाडीमा विश्वास देखाएको छ। स्पेन ८ खेलयता अपराजित छ। उसले यसबीचमा चार जित र चार हारको नतिजा निकालेको छ। स्वीडेनले पछिल्ला लगातार ५ खेल जितेको छ।

‘स्विडिस टोलीमा एकै जनाले खेलको नतिजामा प्रभाव पार्ने कुनै खेलाडी छैनन्। उनीहरू टिमवर्कमा विश्वास गर्छन्, यो नै हाम्रो लागि मुख्य चुनौती हो,’ स्पेनका प्रशिक्षक लुइस इनरिकेले भने, ‘उनीहरूको बलियो रक्षापंक्ति तोड्न हाम्रा लागि कठिन बन्न सक्छ। आशा छ, टोलीले प्रतियोगितामा सुखद सुरुआत गर्नेछ।’ यता स्विडेनले सन् २००४ पछि युरो कपको समूहचरण पार गर्न सकेको छैन। यद्यपि स्विडेनले सन् २०१८ को रूस विश्वकपमा भने अन्तिम १६ को यात्रा तय गरेको थियो।

‘वर्तमान विश्व फुटबलमा स्पेनविरुद्ध खेल्नु कुनै पनि टोलीका लागि सबैभन्दा ठूलो चुनौती हो,’ स्विडेनका प्रशिक्षक याने एन्डरसनले भने, ‘तर पनि हामी स्पेनलाई कडा चुनौती दिन तयार छौ। हाम्रा लागि स्पेनविरुद्ध बदला लिने यो नै सुनौलो अवसरसमेत हो।’

सन् २००० पछि स्वीडेनले नियमित रुपमा युरोकप खेलिरहेको छ। पहिलो सहभागीतामै सेमिफाइनलसम्म पुग्नु उसको उत्कृष्ट प्रशर्दन हो। सन् २०९२ मा उसले सेमिफाइनलको यात्रा तय गरेको थियो । सेमिफाइनलमा उ जर्मनीसँग ३–२ले पराजित भएको थियो।

त्यसपछि सन् २००८मा क्वार्टरफाइनल पुगेको स्वीडेन अन्य संस्करणमा भने समूह चरणमै अड्एिको छ। युरोकपमा २० खेलेको स्वीडेनले ५ जित, ६ बराबरी र ९ हारको सामाना गरेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0