बार्सिलोनाले सुआरेजलाई बेच्ने सहमति

फुटबल

मेड्रिड, (एजेन्सी) स्पेनी ला लिगा महारथी बार्सिलोनाले स्ट्राइकर लुइस सुआरेजलाई ला लिगाकै क्लब एटलेटीको मेड्रिडमा बेच्ने सहमति गरेको छ। सुआरेज बार्सिलोनामा बस्न नचाहेकोमा क्याटालानहरू उनलाई क्लबबाट छुट्टी गर्न खुसी भएको जनाएको छ। उरुग्वेका स्ट्राइकरले एटलेटीकोसँग तलब कटौती गर्न राजी भएकाले उनी बार्सिलोनाबाट मुक्त हुन पाएका हुन्।

यसअघि सुआरेज इटालिय सिरी ए विजेता युभेन्ट्समा जाने कुरा चलेको थियो। तर, पासपोर्टको समस्याले गर्दा उनी स्पेनबाट अन्त जान पाएका थिएनन््। बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोेमेउले उनको सम्झौतामा बाधा तुल्याएका थिए। उनी सुआरेजलाई स्पेनकै क्लबमा बेच्न चाहेका थिएनन्। तर, सुआरेजका प्रतिनिधिसँग छलफल गरेपछि बार्सिलोनाले उनलाई छाड्न सहमति भएको हो।

एटलेटीकोले ३३ वर्षीय सुआरेजलाई ४ मिलियन युरोभन्दा बढी नतिर्ने पनि स्रोतले जनाएको छ। सुआरेजले ३० मिलियन युरोभन्दा आधा रकम मात्रै वर्षमा आम्दानी गर्नेछन्। योसँगै उनको बार्सिलोनासँगको ६ वर्षको करियर अन्त्य भएको छ। उनले सो टोलीका लागि २ सय ८३ खेल खेलेर १ सय ९८ गोल गरेका छन्। साथै, बार्सिलोनाका तीन सुपर स्टार लियोनल मेसी, नेयमार र सुआरेजमा अब मेसी मात्रै एक्लो भएका छन्।

सुआरेज सन् २०१४ मा लिभरपुलबाट ७४ मिलियन पाउन्डमा बार्सिलोनामा आबद्ध भएका थिए। उनको सहयोगमा बार्सिलोनाले ४ ला लिगा, ४ कोपा डेल रेज, च्याम्पियन्स लिग क्लब र वल्र्ड कप जितेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *