युरोकप फुटबल : आजको दोश्रो खेलमा ९:४५ बजे स्लोभाकिया र पोल्याण्ड भिड्दै, कसले जित्ला खेल ?

फुटबल युरो कप

एजेन्सी। युरोकप फुटबलअन्तर्गत सोमबार हुने दोस्रो खेलमा राति ९:४५ बजे स्लोभाकिया विरुद्ध पोल्याण्ड मैदान उत्रदै छ। यो खेल रसियाको सेन्ट पिटर्सवर्गस्थित क्रेस्टोभस्की रंगशालामा हुनेछ। यी दुई टोली हालसम्म ५ पटक आमने सामने भएका छन्। जसमा स्लोभाकियाले तीन खेल जित्दा पोल्याण्डले एक खेल जितेको छ। दुई टोलीले एक खेल बराबरी खेलेका छन्। सन् २००९ पछि पोल्यान्ड र स्लोभाकिया आमनेसामने हुन लागेको यो पहिलो पटक हो।

गत संस्करणमा क्वाटरफाइनलसम्म पुगेको पोल्यान्ड पछिल्लो समय खराब लयमा छ। उसले पछिल्ला ७ खेलमा एक जित, तीन बराबरी र तीन हार बेहाेरेकाे छ। तीन खेलयता जित हात पार्न सकेको छैन। स्लोभाकिया पाँच खेलयता अपराजित छ तर उसले चार बराबरी र एक जितको नतिजा निकालेको छ। आपसका पछिल्ला चार भिडन्तमा स्लोभाकियाले तीन र पोल्यान्डले एक खेल जितेको छ।

तथ्यांकलाई आधार मान्ने हो भने स्लोभाकियाभन्दा पोल्यान्ड बलियो छ। तर, पछिल्लो समय पोल्यान्डले लय गुमाएकाले पोल्यान्डलाई स्लोकाकियालाई हराउन त्यति सहज भने हुने नै छैन । पोल्यान्डका प्रशिक्षक पाउलो सौसाले पनि स्लोभाकिया बलियो प्रतिस्पर्धी नभएपनि टिमको पछिल्लो फर्मले आफू दबाब रहेको बताएका छन्।

स्लोभाकियासँग खेल्दा पोल्यान्डको भर कप्तान रोबर्ट लेवान्डोस्कीमै रहने छ। पोल्यान्डको टिम फर्म नरहे पनि लेवान्डोस्की भने गज्जबको फर्ममा छन्। र, उनी पोल्यान्डको ‘अलटाइम’ टप स्कोरर पनि हुन्।

यता, स्लोभाकियाको भने यो युरोकपको दोस्रो सहभगीता हो। उसले सन् २०१६मा पहिलो पटक युरोकप खेलेको थियो, त्योबेला उ समूह चरणमै रोकिएको थियो। उसले ४ खेलमा १ जित, १ बराबरी र २ हारको सामाना गरेको छ। पोल्यान्डविरुद्ध मैदान उत्रँदा स्लोभाकियाका मुख्य हुनेछन्, मिलान स्क्रिनियार र मारेक हामसेक हुनेछन्।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0