युरोकपमा पोर्चुगलको शानदार शुरुवात, रोनाल्डोले बनाए कीर्तिमान

फुटबल युरो कप

काठमाडाैं : युराेकपमा साविक विजेता पोर्चुगलले घरेलु टोली हंगेरीलाई हराउँदै विजयी सुरुवात गरेको छ। मंगलबार राति भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।

हंगेरीको बुडापेस्टमा ६७ हजार समर्थकसामु भएको खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गुरेरो एक गोल गरे । खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए । विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

रोनाल्डोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। यो खेलसँगै रोनाल्डोले युरोकपमा थप दुई वटा किर्तीमान आफ्नो नाममा राखेका छन् । रोनाल्डोले हिजोको खेल सुरु हुनेवित्तिकै सर्वाधिक ५ पटक युरोकप खेल्ने किर्तीमान बनाएका हुन् । खेलमा दुई गोल गरेपछि रोनाल्डोले युरोकपमा सर्वाधिक ११ गोल गर्ने किर्तीमान पनि आफ्नो नाममा राखेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *