रोनाल्डो बने सर्वाधिक युरोकप खेल्ने र सबैभन्दा धेरै गोल गर्ने खेलाडी

फुटबल युरो कप

एजेन्सी : साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।

हंगेरीको बुडापेष्टमा भएको खेलमा साविक विजेता पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल गर्दा राफेल गुरेरोले एक गोल थपे । यो खेलसँगै रोनाल्डोले युरोकपमा थप दुई वटा किर्तीमान आफ्नो नाममा राखेका छन् ।

रोनाल्डोले हिजोको खेल सुरु हुनेवित्तिकै सर्वाधिक ५ पटक युरोकप खेल्ने किर्तीमान बनाएका हुन् । यसअघि उनले २००४, २००८, २०१२ र २०१६ मा युरो कप खेलेका थिए। चार संस्करणको युरो कप खेल्ने रेकर्ड भने रोनाल्डोसँगै १७ खेलाडीको नाममा छ।

हंगेरीविरुद्ध गोल गरेर उनले अर्को रेकर्ड पनि बनाए। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बने। उनले पाँच युरो कपमा ११ गोल गर्न सफल भए। रोनाल्डोले यसअघि फ्रान्सका प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान बराबरी गरेका थिए।

रोनाल्डोले सन् २००४ मा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए। अघिल्लो संस्करणमा गोल गरेसँगै रोनाल्डो चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए। रोनाल्डोको नाममा युरो कपका सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि छ। उनले पाँच संस्करणमा २२ खेल खेलिसकेका छन्।

यस्तै, अन्तर्राष्ट्रिय फुटबलमा पनि सर्वाधिक गोल गर्नेमा रोनाल्डो अहिले १०६ गोलसहित दोस्रो स्थानमा छन्। इरानका अली दाईको कीर्तिमानभन्दा उनी ४ गोलले मात्र पछि छन्।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged