युरोकपमा फ्रान्सको सुखद सुरुवात, आत्मघाती गोल गरेपछि जर्मनी १-० ले पराजित

फुटबल युरो कप

काठमाडौं, असार २ : फ्रान्सले युरोकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छ। ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’को खेलमा फ्रान्सले घरेलु टाेलीलाई ०-१ ले पराजित गरेकाे हाे। जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्सलाई जित निकाल्न पर्याप्त बन्यो।

जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा भएको प्रतिस्पर्धात्मक खेलको १९औं मिनेटमा फ्रेन्च लेफ्ट ब्याक लुकास हर्नान्डेजले गरेको क्रसमा हुमल्सको बल क्लियर गर्ने प्रयास गोलमा परिणत भएको थियो ।

त्यसबाहेक फ्रान्सले गरेको दुई गोलले मान्यता पाएन । खेलको ६६ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेका थिए । तर, अफसाइड भएपछि उनको गोलले मान्यता पाएन । खेलको ८५ औं मिनेटमा एमबाप्पेको पासमा करिम बेन्जिमाले गोल गरेका थिए । तर, भीएआरको सहायतामा एमबाप्पे अफसाइड रहदा उनको गोलले मान्यता नपाएको हो ।

जितसँगै विश्वविजेता फ्रान्सले समूहमा ३ अंक जोडेको छ। यसअघि यो समूहको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गर्‍यो। यस समूहमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । फ्रान्स दोस्रो जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा रहेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *