रोनाल्डोले किर्तिमान बनाएको पोर्चुगल र हंगेरीबिचको खेल हेर्न छुट्यो ? ( हेर्नुस खेलको भिडियो हाईलाईट )

फुटबल भिडियो युरो कप

काठमाडौं, असार २ : साविका विजेता पोर्चुगलले युरो कप अन्तर्गत गए रातिको खेलमा सानदार जित हात पारेको छ । पोर्चुगलले हंगेरीमाथि ३-० को सहज जित हात पारेको हो । पोर्चुगललाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल गर्दा राफेल गुरेरोले एक गोल थपे ।

। खेलमा पोर्चुगल पूर्णरुपमा हावी भएपनि खेलको ८४ मिनेटसम्म हंगेरीमा रोकेको थियो । ८४औँ मिनेटमा पोर्चुगलका डिफेन्डर राफेल गुएरेर्रियोले गोल गरेर टोलीलाई अग्रता दिलाए ।

अग्रता लिएको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टी पायो। विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे। रोनाल्डोले गोलरक्षकलाई विपरित दिशामा डाइभ गरेका थिए।

रोनाल्डोले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। सिल्भाकै पासमा पेनाल्टी क्षेत्रभित्र गरेकाे प्रहार गाेलमा परिणत हुँदा पाेर्चुगले ३-० काे सहज जित हात पार्‍याे।
भिडियो हेर्नुस्

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *