आत्माघाती गोल भएको फ्रान्स र जर्मनीको खेल हेर्न पाउनु भएन ? ( हेर्नुस खेलको भिडियो हाईलाईट )

फुटबल भिडियो युरो कप

काठमाडौं । म्याट्स हमेल्सले आत्मघाती गोल गरेपछि घरेलु मैदान म्युनिखस्थित एलिनाज एरिनामा फ्रान्ससँग जर्मनी पराजित भएको छ । खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै फ्रान्सको जितको लागि पर्याप्त भयो । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

यसअघि खेलमा दुबै टोलीले गोल गर्ने धेरै अवसर खेर फालेका थिए । पहिलो हाफमा इल्के गुन्डोगानले गरेको प्रहार गोलमा परिणत हुन सकेन । दोस्रो हाफमा फ्रान्सले दुईपटक बललाई जाली चुमाएपनि ती दुबै अफसाइड थिए ।

जितसँगै समूह ‘एफ’ मा रहेका फ्रान्सले महत्वपूर्ण ३ अंक जोडेको छ । फ्रान्स समूहको दोस्रो स्थानमा रहेको छ । यस समूहमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1