अस्पतालको बेडबाटै भने- ‘म अहिले ठीक छु’

फुटबल

एजेन्सी। युरोकप फुटबलअन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा अहिले आफू ठीक रहेको बताएका छन्। उनले इन्स्टाग्राममा सबैले पठाएको न्यानो र अद्भुत साथको लागि धन्यवाद दिँदै आफूले अहिले राम्रो महसुस गरिरहेको र ठीक रहेको जानकारी दिएका हुन्।

बेडमा सुतेर सांकेतिक रूपमा आफू ठीक रहेको फोटो पोस्ट गर्दै एरिक्सनले लेखेका छन् ‘विश्वभरबाट प्राप्त भएको आत्मीयतापूर्वक सन्देश र अभिवादनप्रति धन्यवाद दिन चाहन्छु। म र मेरो परिवारका लागि यो माया ठूलो रहनेछ,’ एरिक्सनले भने, ‘डेनमार्कको आगामी खेलमा उत्साह प्रदान गर्न सक्नेछु।’

युरोकपमा शनिबार राती फिनल्याण्डविरुद्धको खेलमा खेलको ४३औं मिनेटमा एरिक्सन मैदानमा ढलेका थिए। मैदानमै १५ मिनेटको प्राथमिक उपचारपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। त्यस बेलासम्म रेफ्रीले खेल स्थगन गरेका थिए। उक्त घटनाले विश्व खेलकुद नै चकित र दुखित बनेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *