अशोभनीय अभिव्यक्ति दिएको भन्दै दीपक मनाङेलाई कारबाही गर्न राखेपको माग

अन्य खेल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कारवाही गर्न माग गरेको छ।

सो प्रदेशका पूर्व खेलकुदमन्त्री समेत रहेका मनाङेले टेलिभिजन अन्तवार्तामा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई राखेपले कारवाहीको माग गरेको हो।

राखेपका निमित्त सदस्यसचिव पुरेन्द्र विक्रम लाखेले वक्तव्य जारी गर्दै मनाङेको अभिव्यक्त अशोभनीय र घोर निन्दनीय भएकोमा ध्यानाकर्षण भएको बताएका छन् ।

जनप्रतिनिधिबाट समाजले पचाउन नसक्ने अभिव्यक्ति आउनु खेदजनक भएको वक्तव्यमा उल्लेख छ। वक्तव्यमा मनाङेको अभिव्यक्तिले खेलजगतको अपमान भएको र कानूनअनुसार कारबाही गर्न माग गरिएको छ।

समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ। रासस

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *