फिफा वरीयतामा तीन स्थानमाथि उक्लियो नेपाल

फुटबल

काठमाडौं । फिफा वरीयतामा नेपाल मंगलबार तीन स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकायले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७१ औं स्थानबाट १६८ औं स्थानमा उक्लिएको हो ।

नेपालले इराकविरुद्ध पनि मैत्रीपूर्ण खेल र एसियाली विश्वकप छनोटमा आफ्ना तीन खेलपछि यो नयाँ वरीयता बाहिर आएको हो । विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाल जोर्डनसँग ३-० र अस्ट्रेलियासँग पनि समान ३-० ले पराजित भएको थियो।

वरीयताको शीर्ष स्थानमा बेल्जियम कायम रहँदा ब्राजिल तेस्रो स्थानबाट दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स दोस्रोबाट तेस्रो स्थानमा झरेको छ । इङ्ल्यान्ड, पोर्चुगल चौथो र पाँचौँ स्थानमा कायम छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0