यी हुन फ्यानले डिजाईन गरेका नेपाली क्रिकेट टिमको नयाँ जर्सीहरु

क्रिकेट

काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टिम (पुरुष) को जर्सी डिजाइन खुल्ला प्रतिस्पर्धामार्फत् छनोट हुने भएकाे छ। नेपाली क्रिकेट संघ (क्यान) ले जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको हो।

डिजाइनकर्ताले एसीसी र आइसीसीको जर्सी प्रोटोकललाई ध्यानमा राख्दै नेपाली राष्ट्रिय झन्डासँग मिल्ने रङ्ग संयोजनमा जर्सी डिजाइन गर्नुपर्नेछ। नेपालको खेल परम्परालाई झल्काउने, नेपाली क्रिकेटको लिगेसीलाइ प्रतिबिम्बित गर्ने किसिमको जर्सी डिजाइन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

यसैबिच यो खबर पाउँने बित्तिकै नेपाली क्रिकेट समर्थकहरुले बिभिन्न जर्सीहरुको डिजाईन गर्न थालिसकेका छन् । त्यसमध्ये केहि डिजाइन यहाँ प्रस्तुत गर्दै छौ ।

 

नेपाल आए लगत्तै प्रशिक्षक डेभ ह्वाटमोर पीसीआर परीक्षणपछि क्वारेनटाइनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार नेपाल आइपुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो महिना श्रीलंका फर्किएका ह्वाटमोर सोमबार नेपाल आइपुगेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनको पीसीआर परीक्षण भएको छ । उनी चार दिनसम्म क्वारेनटाइनमा बस्नेछन् । पीसीआर परीक्षण हुने छ ।

क्यानले प्रशिक्षणका लागि सरकारको प्रोटोकल हेरेर क्वारेन्टाइन अवधि सकिएपछि मात्र काम थाल्ने छ । बन्द प्रशिक्षणको मिति तय भएसँगै खेलाडीको नाम पनि सार्वजनिक गरिने क्यानले जनाएको छ । छनोट समितिले क्यानलाई खेलाडीको नाम भने पठाइ सकेको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदै छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *