यी हुन युरोकपमा आज बुधवार हुने ३ खेल, कुन खेल कति बजे ? कसरी हर्ने लाईभ ?

फुटबल युरो कप

काठमाडौं : युरोकप फुटबलमा आज (बुधवार ) पनि तीन खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘बी’ को फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । खेल सेन्ट पिटर्सबर्गमा स्टेडियममा खेल साँझ पौने ७ बजे सुरु हुनेछ। पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० ले हराएको थियो । रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३-० गोलले पराजित भएको थियो ।

आजै हुने दोस्रो खेलमा वेल्स र टर्की भिड्ने छन् । समूह ‘बी’ मा रहेका वेल्स र टर्कीबीचको खेल राति ९:४५ बजे आजरबैजानको बाकुमा सुरु हुनेछ । शुक्रबार राति रोममा भएको युरो २०२० को पहिलो खेलमा इटालीसँग ३-० को पराजय बेहोरेको टर्की पनि समूह चरण पारगर्न आजको खेल जित्नै पर्ने दबाबमा छ । त्यस्तै, पहिलो खेलमा स्वीटजरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको वेल्स पनि समूह चरणको अन्तिम खेलमा इटालीको सामना गर्नुपर्ने भएकाले आजको खेलमा तीन अंक बटुल्न चाहन्छ ।

त्यस्तै गरी आज हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्विजरल्याण्डबीचको खेल राति १२ः४५ बजे इटालीको रोममा सुरु हुनेछ । इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा छ । समूह चरणको पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो। पहिलो खेलमा बराबरीमा रोकिएको स्वीट्जरल्याण्ड पनि आज पहिलो जित निकाल्ने योजनामा छ ।

कसरी हेर्ने लाईभ ?

युरो कपका सम्पुर्ण खेलहरु नेपालमा डिस होमको याक्सन स्पोट्स एचडीमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने छ । साथै साउथ एसियामा सोनी नेटवर्क अन्तर्गतका बिभिन्न च्यानल मार्फत पनि लाईभ हेर्न पाईने छ ।

युरो कपमा आज तीन खेल

समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)
समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स (राति ९:४५ बजे/बाकु)
समूह ‘ए’ – इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे/रोम)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0