नेपाल सिधै एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने

फुटबल

काठमाडौं । नेपाल सिधै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को नयाँ नियम अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो ।

एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो ।

विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल सकिएपछि एएफसीले बुधबार एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको छ ।

अब पाँचौ स्थान हासिल गर्ने पुछारका चार टोलीले मात्र प्लेअफ खेल्नुपर्ने भएको छ । अब इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआमले मात्र प्लेअफ खेल्नेछन् । एसिया कप छनोटका लागि कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । अब दोस्रो चरणको छनोटमा अन्तिम हुने ४ टिमले प्लेअफ खेल्नेछन् र त्यसबाट शीर्ष दुई टिम तेस्रो चरणको छनोटमा पुग्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
3
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *