युरोकप फुटबल : आजको दोश्रो खेलमा ९:४५ बजे टर्की र वेल्स भिड्दै, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं, असार २ : युरो २०२० मा आज राति ९:४५ बजे हुने समूह ‘ए’ को खेलमा टर्की र वेल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल आजरबैजानको बाकुमा हुनेछ। आजको खेलमा टर्की र वेल्स पहिलो जितको खोजीमा मैदान उत्रिनेछन्।

समूह चरणको पहिलो खेलमा वेल्सले स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। त्यस्तै शुक्रबार राति रोममा भएको युरो २०२० को पहिलो खेलमा इटालीसँग ३-० को पराजय बेहोरेको टर्की पनि समूह चरण पार गर्न आजको खेल जित्नै पर्ने दबाबमा छ । अन्तिम पटक यी दुई टोलीको १९९७ मा विश्वकप छनोटका दौरान इस्तानबुलमा भेट भएको थियो ।

उक्त खेलमा घरेलु टोली टर्कीले वेल्समाथि ६-४ को रोमाञ्चक जित हासिल गरेको थियो । वेल्सले ४० वर्षयता टर्कीलाई हराउन सकेको छैन । १९८१ मा मा भएकव विश्वकप छनोटमा वेल्सले अन्तिम पटक टर्कीलाई १-० ले पराजित गरेको थियो ।

टर्कीविरुद्ध वेल्स
नेपाली समय : बेलुकी ९:४५
स्थान : बाकु ओलम्पिक स्टेडियम, आजरबैजान
दर्शक : ३४,५०० अपेक्षित
प्लेयर्स टू वाच : काग्लार सोयुन्चु (टर्की), ग्यारेथ बेल (वेल्स)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1