युरोकप फुटबल : आजको तेस्रो खेलमा १२ः४५ बजे इटाली र स्वीट्जरल्यान्ड भिड्दै, कसले जित्ला खेल ?

फुटबल युरो कप

काठमाडौं, असार २ : युरो कप २०२० अन्तर्गत आज राति तेस्रो खेलमा समूह एकै इटाली र स्वीट्जरल्यान्डले प्रतिस्पर्धा गर्दैछन् । खेल राति १२ः४५ बजे इटालीको स्टेडिओ ओलिम्पिको मैदानमा हुनेछ ।

पहिलो खेलमा जित निकालेको इटाली दोस्रो जित निकालेर अन्तिम १६ को यात्रा बलियो बनाउन चाहन्छ। पहिलो खेलमा बराबरीमा रोकिएको स्विटरल्यान्डका लागि इटालीविरुद्धको खेल महत्वपूर्ण छ।

स्विट्जरल्यान्डको मिडफिल्डमा ग्रानिट जाका र रेमा फ्रिउलेरजस्ता उत्कृष्ट खेलाडी छन् । तर, रोममा हुने खेलमा घरेलु टोलीविरुद्ध आश्चर्यजनक नतिजा निकाल्नका लागि अग्रपंक्तिमा जर्दन साकिरी र ब्रिइम्बोलो चल्न जरुरी छ । इटलीका सेन्ट्रल मिडफिल्डर मार्को भेराट्टी र फुल ब्याक अलेस्यान्द्रो फ्लोरेन्टी पूर्ण फिट हुन बाँकी रहेकाले आजको खेलमा उपस्थित हुने छैनन् ।

यस्तोमा म्यान्सिनीले केही खेलाडीको पोसिजन हेरफेर गर्न सक्छन् । फ्रान्सिस्को एरेबी र फेडरिको चेइसा यसका लागि तयार छन् । अग्रपंक्तिमा गोलको खाता खोल्दै सिरो इम्मोबाइल र सिरो इन्जाघीले उत्कृष्ट सुरुवात गरेका छन् ।

इटाली र स्विट्जरल्यान्ड चिरप्रतिद्वन्द्वी टोली हुन्। यद्यपि यी दुई टोली ११ वर्षपछि आमनेसामने हुनलागेका छन्। यो दुई टोली पछिल्लो पटक सन् २०१० मा मैत्रीपूर्ण खेलमा भेट भएका थिए। सो खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

अहिलेसम्मको भेटमा इटालीले २८ खेलमा जित निकालेको छ भने ७ खेल गुमाएको छ। २२ खेलमा बराबरी गरेको छ। युरोपियन च्याम्पियनसिपको ४ भेटमा २ खेलमा इटालीले जित निकालेको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो।

इटालीविरुद्ध स्विट्जरल्यान्ड
नेपाली समयमध्यरात १२:४५
स्थान : ओलम्पिक स्टेडियम, रोम, इटाली
दर्शक : अपेक्षित ३०,००० अपेक्षित
प्लेयर्स टू वाच : लोरेन्जो इन्सिग्ने (इटाली), जेर्दान शकिरी (स्विट्जरल्यान्ड)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *