२७,५०० घरेलु दर्शकमाझ रसियाको पहिलो जित, फिनल्यान्ड १-० ले पराजित

फुटबल युरो कप

काठमाडौं, २ असार । युरो २०२० को समूह ‘बी’ अन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा रसिया विजयी भएको छ । रसियाले फिनल्याण्डलाई १-० गोलले पराजित गरेको हो। फिनल्यान्डको जीतमा अलेक्सेल मिरान्चुकले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो ।

२७,५०० दर्शकमाझ खेलको चौथो मिनेटमै फिनल्यान्डका लागि जोइल पोजान्पालोले गरेको गोल भिडिओ असिस्टेन्ट रेफ्रीले अफसाइडका कारण रद्द गरिदिएका थिए । त्यसपछि दोस्रो हाफमा कुनैपनि गोल निस्कन सकेन र रसिया अंकको खाता खोल्न सफल रह्‍यो ।

यसअघिको खेलमा बेल्जियमसँग फराकिलो पराजय ब्यहोरेको रसियाको प्रतियोगितामा पहिलो जित हो भने डेनमार्कलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्न सफल फिनल्याण्डको पहिलो हार हो।

आजै हुने दोस्रो खेलमा वेल्स र टर्की भिड्ने छन् । समूह ‘बी’ मा रहेका वेल्स र टर्कीबीचको खेल राति ९:४५ बजे आजरबैजानको बाकुमा सुरु हुनेछ । त्यस्तै गरी आज हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्विजरल्याण्डबीचको खेल राति १२ः४५ बजे इटालीको रोममा सुरु हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0