युराेकपमा वेल्सकाे पहिलो जित, टर्की २-० गोलले पराजित

फुटबल युरो कप

काठमाडौं । वेल्सले १६ औं संस्करणको युरोकप २०२० मा पहिलो जित निकालेको छ । समू ए अन्तर्गत बुधबार अजरबैजानको बाकुमा भएको खेलमा वेल्सले टर्कीलाई २-० ले पराजित गरेको हो। वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे। दुवै गाेलकाे लागि भने माैका कप्तान ग्यारेथ बेलले जुराइदिएका थिए।

खेलको ४३ औं मिनेटमा आरोन राम्सेले उत्कृष्ट गोल गर्दै वेल्सले १-० गोलको अग्रता लिएको थियो । ६१औं मिनेटमा भिएआरको रिभ्युपछि वेल्सले पेनाल्टी पाएको थियो तर बेलको प्रहार पोष्ट बाहिर गयो । इन्जुरी टाइममा रोवर्टले गोल गर्दै वेल्सलाई २-० को जित दिलाए।

जितसँगै वेल्सले २ खेलमा ४ अंक जोड्दै समूहको शीर्षस्थानमा स्थान बनाएको छ। दुवै खेलमा पराजित टर्की भने अर्को चरण पुग्ने सम्भावना निकै कम रहेको छ। यसअघि पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । टर्की पहिलो खेलमा इटालीसँग ३–० ले पराजित भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0