स्विजरल्याण्डलाई पराजित गर्दै इटाली युरोकपको नकआउट चरणमा

फुटबल युरो कप

काठमाडौं । स्विजरल्याण्डलाई पराजित गर्दै इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा गएराति भएको समुह चरणको दोस्रो खेलमा घरेलु टोलीले स्विटजरल्याण्डलाई ३–० ले पराजित गर्‍यो।

इटालीको जितमा लोकाटेलीले दुई गोल गर्दा इमोबिलले एक गोल थपे। २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई अग्रता दिलाए । ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा सीरो इम्मोबाइलले गोल गरी ३–० को जित निश्चत गरे । जितसँगै इटालीले लगातार १० खेलमा जित निकाल्न सफल भएको छ । लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ। इटाली समूहको शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *