१६ वर्षपछि रामोसले छाडे रियल म्याड्रिड

फुटबल

काठमाडौं, असार ३ : स्पेनिस डिफेन्डर सर्जियो रामोसले १६ वर्षपछि रियल म्याड्रिड छाड्ने भएका छन्। कप्तान रामोसले क्लब छाडेको रियलले बुधबार पुष्टि गरेको हो । रामोसले अब पत्रकार सम्मेलनमार्फत विदाई गर्ने रियलले जनाएको छ ।

‘भोली बिहीबार कप्तान सर्जियो रामोसकाे विदाई कार्यक्रम आयोजना गरिने छ। जसमा हाम्रो अध्यक्ष फ्लोरेन्टिनो पेरेज सहभागी हुनेछन्,’ क्लबकाे विज्ञप्तिमा भनिएको छ। क्लबले आफ्नो विधानअनुसार सम्मान र विलाईका लागि पत्रकार सम्मेलनको आयोजना गरेको बताएको छ । रामोसको रियलसँगको सम्झौता जुनको अन्तिममा सकिँदैछ ।

स्पेनिस सेन्टर ब्याक ३५ वर्षीय रामोसले रियलका लागि ६७१ खेल खेलेका छन् भने १ सय १ गोलसमेत गरेका छन् । सेन्टर डिफेण्डरका रुपमा उनी सर्बाधिक गोल गर्ने खेलाडीसमेत हुन् । रामोसले रियलबाट पाँच ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जिते। उनी सन् २००५ मा सेभियाबाट रियलमा आबद्ध भएका थिए।

सन् २०१६ देखि २०१८ सम्ममा रियलले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा रामोसले टिमको कप्तानी गरेका थिए। त्यस्तै, राष्ट्रिय टोली स्पेनका लागि १ विश्वकप तथा २ युरोकप उपाधि जितेका छन्।

 

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1