युरोकपमा आज बिहीवार पनि ३ रोमाञ्चक खेल, कुन कुन देश भिड्दैछन् ? कसरी हर्ने लाईभ ?

फुटबल युरो कप

काठमाडौं । १६औं संस्करणको युरोकपमा आज समूह बी को एक खेल र समूह सी को दुई खेल गरी तीन खेल हुँदैछ । पहिले समूह सी मा रहेका युक्रेन र नर्थ मेसेडोनियाबीचको खेल हुनेछ । यो खेल रोमानियाको बुखारेस्टस्थित नेशनल एरेनामा ६:४५ मा बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित युक्रेन जित निकाल्ने योजनामा छ। यता नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा हुनेछ। नर्थ म्यासेडोनिया आफ्नो पहिलो खेलमा अष्ट्रियासँग पराजित भएको थियो।

आज हुने दोस्रो खेलमा समुह ‘बि’ को खेलमा डेनमार्क र बेल्जीयम भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने १० बजे डेनमार्ककको कोपन हेगनमा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले पराजित गरेको थियो । डेनमार्क भने डेब्युटान्ट फिनल्याण्डसँग १-० ले पराजित भएको थियो ।

यस्तै राती पौने १ बजे नेदरल्याण्ड्सको एम्सटरडममा घरेलु टोलीले अष्ट्रियासँग खेल्नेछ । समूह ’सी’ को यो खेलमा रहेका नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई पराजित गरेको थियो। पहिलो खेलमा नर्थ म्यासेडोनियालाई हराएको अष्ट्रिया पनि जितको लक्ष्यसाथ मैदानमा उत्रँदै छ।

कसरी हेर्ने लाईभ ?

युरो कपका सम्पुर्ण खेलहरु नेपालमा डिस होमको याक्सन स्पोट्स एचडीमा नेपाली कमेन्ट्री सहित हेर्न पाईने छ । साथै साउथ एसियामा सोनी नेटवर्क अन्तर्गतका बिभिन्न च्यानल मार्फत पनि लाईभ हेर्न पाईने छ ।

आज हुने तीन खेल

युक्रेनविरुद्ध नर्थ म्यासेडोनिया (राति ६:४५ बजे/बुकारेस्ट)
डेनमार्कविरुद्ध बेल्जियम (राति ९:४५ बजे/कोपेनहेगन)
नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/आम्स्टरडम)

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
5
+1
2
+1
1
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *