राष्ट्रिय फुटबल खेलाडी र अफिसियलले लगाए कोरोनाविरुद्धको खोप

फुटबल

काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियलहरुले कोरोना खोप लगाएका छन् । टोलीका खेलाडी र अफिसियल गरी ३४ जनाले आज कोरोनाविरुद्धको खोप लगाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप छनोटमा गएका टोलीमध्ये खेलाडी रोहित चन्द र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबाहेक सबैले खोप लगाएका हुन्। यस्तै खोप लगाएपछि खेलाडीहरु बिहीबार घर फर्कन थालेको एन्फाले जनाएको छ ।

खेलाडी र अफिसियलले डिस्ट्रिक पब्लिक हेल्थ अफिस ललितपुरमा खोप लगाएका हुन् । सन् २०२२ को फिफा विश्व कप र २०२३ को एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टाेली गएको आइतवार स्वदेश फर्किएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0